हैदराबादलाई हराउँदै गुजरात दोस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । गुजरातले हैदरबादलाई ३८ रनले हराएको हो । जितका लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए पनि अन्य ब्याटरले […]

May 3, 2025 - 06:02
 0
हैदराबादलाई हराउँदै गुजरात दोस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । गुजरातले हैदरबादलाई ३८ रनले हराएको हो ।

जितका लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए पनि अन्य ब्याटरले लामो इनिङ खेल्न सकेनन् । ओपनर अभिषेकले ४१ बलमा ६ छक्का र ४ चौकासहित सर्वाधिक ७४ रन जोडे ।
गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान २ विकेट लिए ।

नरेन्द्र मोदी स्टेडियममा त्यसअघि हैदराबादले टस जितेर फिल्डिङ रोजेको थियो । गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो ।

ओपनर साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे । राम्रो सुरुवात गरेको गुजरातले पहिलो पावर प्लेमा ८२ रन बटुल्यो। सुदर्शन २३ बल खेल्दै ९ चौका सहित ४८ रनमा आउट भए ।

त्यसपछि क्रिजमा जमेका शुभमनलाई जोश बटलरले साथ दिए । यी दुईले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे । शुभमनले मात्र ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे ।

बटलरले पनि अर्धशतक पूरा गरे । उनले ३७ बलमा ६४ रन बनाए । वासिङ्टन सुन्दरले २१ रन जोडे ।

जयदेव उनादकटले अन्तिम ओभरमा ३ विकेट लिए पनि हैदराबादको जितका लागि पर्याप्त भएन ।

यो जिसँगै गुजरात १४ अङ्कसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हैदराबाद ६ अङ्कसहित नवौं स्थानमा रहेको छ ।

बिहीबार भएको खेलमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको थियो । यस जितसँगै मुम्बई अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register