प्रचण्डको तस्वीर जलाउने राप्रपाका बम रिहा, पार्टी कार्यालयमा स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याइएका उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका […]

Mar 16, 2025 - 14:38
 0
प्रचण्डको तस्वीर जलाउने राप्रपाका बम रिहा, पार्टी कार्यालयमा स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत गरिएको छ ।

भरतपुर विमानस्थलबाट आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याइएका उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो ।

कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव  हुन् ।

उनले शनिबार हेटौंडाको एक कार्यक्रममा  प्रचण्डको तस्वीर जलाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register