त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा स्थगित भएको छ। सोमबार निर्वाचन अधिकृत डा. अंगदमणी गौतमले एक सूचना जारी गर्दे चैत ५ गतेका लागि तय भएको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्। सबै उम्मेदवार र प्रतिनिधिहरूसँगको छलफल र परामर्शपछि निर्वाचनको मिति तय हुने गौतमले […]

Mar 17, 2025 - 16:14
 0
त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा स्थगित भएको छ।

सोमबार निर्वाचन अधिकृत डा. अंगदमणी गौतमले एक सूचना जारी गर्दे चैत ५ गतेका लागि तय भएको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

सबै उम्मेदवार र प्रतिनिधिहरूसँगको छलफल र परामर्शपछि निर्वाचनको मिति तय हुने गौतमले जानकारी गराएका छन् । क्याम्पसको गेटमा भएको तालाबन्दीका कारण परिस्थिति असहज भएको सूचनामा जनाइएको छ ।

नेविसङ्घका केन्द्रीय सदस्य बिनोद देउवा ठकुरीले निर्वाचन स्थगित भएपछि निर्वाचनको नयाँ मिति तत्काल तोकिनुपर्ने माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन, ‘१६ वर्षपछि हुन लागेको निर्वाचनलाई ‘ईगो’ को लडाइँ बनाउनेहरूलाई बधाई छ। क्षणिक खुसीले विद्यार्थीको भविष्यलाई असर पार्छ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register