पाटन क्याम्पसमा स्थगित मतदान पुनः सुचारु हुने सम्भावना न्यून

काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गतको मतदान फेरि सुचारु हुने सम्भावना न्यून बन्दै गएको छ । क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी सङ्गठनबीच भइरहेको छलफल निष्कर्षमा पुग्न सकिरहेको छैन । यसर्थ आज (मङ्गलबार) पुनः मतदान सुरु हुने सम्भावना निम्न बन्दै गएको क्याम्पस प्रशासनले जनाएको छ । मतदाता परिचयपत्र […]

Mar 18, 2025 - 07:05
 0
पाटन क्याम्पसमा स्थगित मतदान पुनः सुचारु हुने सम्भावना न्यून

काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गतको मतदान फेरि सुचारु हुने सम्भावना न्यून बन्दै गएको छ ।

क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी सङ्गठनबीच भइरहेको छलफल निष्कर्षमा पुग्न सकिरहेको छैन । यसर्थ आज (मङ्गलबार) पुनः मतदान सुरु हुने सम्भावना निम्न बन्दै गएको क्याम्पस प्रशासनले जनाएको छ ।

मतदाता परिचयपत्र विवादका कारण सुरु भइसकेको मतदान बिहान १० बजेतिर स्थगित गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्ववियु निर्वाचन जारी छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register