खसीको मासुको मूल्य प्रतिकिलो छ सय र लोकल कुखुराको १ हजार रुपियाँ तोकियो

चन्द्र पन्दाकताप्लेजुङ, २२ फागुन । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो । वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४ सय रुपियाँ, खसीको मासु प्रतिकिलोग्राम ६ सय रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३ [...] The post खसीको मासुको मूल्य प्रतिकिलो छ सय र लोकल कुखुराको १ हजार रुपियाँ तोकियो appeared first on Jhapa Online.

Mar 6, 2025 - 07:48
 0
खसीको मासुको मूल्य प्रतिकिलो छ सय र लोकल कुखुराको १ हजार रुपियाँ तोकियो

चन्द्र पन्दाक
ताप्लेजुङ, २२ फागुन ।
ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो ।

वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४ सय रुपियाँ, खसीको मासु प्रतिकिलोग्राम ६ सय रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३ सय रुपियाँ तोकेको छ । त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५ सय रुपियाँ र स्थानीय (लोकल) कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपियाँ तोकेको छ ।

यसै गरी मूल्य दर तोके (निर्धारण) अनुसार खाद्यान्न अर्थात् अन्नपाततर्फ धान प्रतिपाथी २५० रुपियाँ, मकै पाथीको ३०० रुपियाँ छ । यस्तै कोदो र गहुँ प्रतिपाथी समान ३०० रुपियाँ, जौ प्रतिपाथी २५० रुपियाँ, भटमास ८०० रुपियाँ र आलुको बिउ प्रतिपाथी ३०० रुपियाँ मूल्य तोकिएको छ । घिउको मूल्य प्रतिमाना ३०० रुपियाँ तोकिएको छ ।

यस्तै घरेलु मदिरा जाँड रक्सीको पनि वडा कार्यालयले मूल्य निर्धारण गरेको छ । जसअनुसार लोकल रक्सी प्रतिबोतल १५० रुपियाँ, तोङ्वा १२५ रुपियाँ र निघार प्रतिबोतल १०० रुपियाँ मूल्य तोकिएको छ । वडाले घरेलु कामदारको ज्याला (पारिश्रमिक) पनि तोकेको छ । पुरुष कामदारका लागि एक दिनको ५०० रुपियाँ र महिला कामदारका लागि ४०० रुपियाँ पारिश्रमिक तोकेको छ ।

वडाध्यक्ष सदनकुमार साँवा लिम्बूका अनुसार गएको आइतबार बसेको वडा कार्यसमितिको बैठकले उपभोग्य वस्तुको मूल्य तोक्ने निर्णय गरेको हो । वडाभित्र उपभोग्य वस्तुको मूल्य र घरेलु कामदारको ज्यालामा एकरूपता ल्याउन दररेट तोकिएको वडाध्यक्ष साँवाले जानकारी दिनुभयो । यता वडाले तोकेको मूल्य दर आ–आफ्नो टोलमा कार्यान्वयन गर्न पनि वडा कार्यालयले अनुरोध गरेको छ ।

The post खसीको मासुको मूल्य प्रतिकिलो छ सय र लोकल कुखुराको १ हजार रुपियाँ तोकियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register