महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसङ्घकी विन्दु पोखरेल एक मतले विजयी
काठमाडौं । स्ववियु निर्वाचनको मतपरिणामअन्तर्गत महाराजगञ्ज नर्सिङ क्याम्पसको सभापतिमा नेविसङ्घकी विन्दु पोखरेल झिनो अन्तरले विजयी भएकी छिन् । नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घकी पोखरेलले नेकपा एमालेनिकट अनेरास्ववियुकी उम्मेदवार मनकुमारी बुढालाई एक मतले हराएकी हुन् । बुधबार बिहान सकिएको मतगणनामा पोखरेलले २५९ मत ल्याउँदा बुढाले २५८ मत ल्याएकी हुन् । सचिव र कोषाध्यक्षमा पनि नेविसङ्घका उम्मेदवार […]

काठमाडौं । स्ववियु निर्वाचनको मतपरिणामअन्तर्गत महाराजगञ्ज नर्सिङ क्याम्पसको सभापतिमा नेविसङ्घकी विन्दु पोखरेल झिनो अन्तरले विजयी भएकी छिन् ।
नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घकी पोखरेलले नेकपा एमालेनिकट अनेरास्ववियुकी उम्मेदवार मनकुमारी बुढालाई एक मतले हराएकी हुन् ।
बुधबार बिहान सकिएको मतगणनामा पोखरेलले २५९ मत ल्याउँदा बुढाले २५८ मत ल्याएकी हुन् ।
सचिव र कोषाध्यक्षमा पनि नेविसङ्घका उम्मेदवार विजयी भएका छन् ।
What's Your Reaction?






