प्रधानमन्त्री कार्यालयविरूद्ध अवहेलना निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको आज हुने सुनुवाइको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाहीको मागसहित प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । अधिवक्ता अर्यालले गिरीबन्धुको मुद्दामा २४ माघ २०८० […]

Feb 16, 2025 - 07:24
 0
प्रधानमन्त्री कार्यालयविरूद्ध अवहेलना निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको आज हुने सुनुवाइको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाहीको मागसहित प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

अधिवक्ता अर्यालले गिरीबन्धुको मुद्दामा २४ माघ २०८० मा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबी गरेका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धुसम्बन्धी मुद्दाको फैसला गर्दै जग्गासँग सम्बन्धित तीनवटा आदेश जारी गरेको थियो ।

जसमा हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउन र खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्न आदेश दिएको थियो ।

यस्तै प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन  र अन्तिम, हदबन्दी भन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको गिरीबन्धुको जग्गा सरकारको नाममा ल्याउनु भनी आदेश दिएको थियो ।

उक्त फैसलाको पूर्णपाठ २०८१ सालको असार ५ मा महान्यायाधिवक्ता कार्यालयमा पुगेको थियो । त्यसको चार दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको थियो ।

त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए भने त्यसैको असार ३१ गतेबाट ओली प्रधानमन्त्री बनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register