ललितपुरमा रोटरीको नेपाल–भुटान डिस्ट्रिक्ट सम्मेलन हुँदै

काठमाडौं।  विश्वका २२० देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल–भुटान डिस्ट्रिक्ट सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपालका १५७ र भुटानका एक गरी १५८ क्लबका १५ सयदेखि २ हजार सदस्यका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरुको पनि सहभागी हुने रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले बताए […]

Mar 19, 2025 - 12:22
 0
ललितपुरमा रोटरीको नेपाल–भुटान डिस्ट्रिक्ट सम्मेलन हुँदै

काठमाडौं। 

विश्वका २२० देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल–भुटान डिस्ट्रिक्ट सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपालका १५७ र भुटानका एक गरी १५८ क्लबका १५ सयदेखि २ हजार सदस्यका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरुको पनि सहभागी हुने रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले बताए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी शेरचनले रोटरीसँग सम्बन्धित तथा अन्य विविध विषयमा विभिन्न विज्ञहरुद्वारा विभिन्न सत्रको संचालन पनि गरिने उक्त सम्मेलनमा सन् २०२७–०२८ का लागि रोटरीको नेतृत्व चयन समेत हुने जानकारी दिए।

पत्रकार सम्मेलनमा कन्फरेन्स चेयर मधुसूदन आचार्यले कार्यक्रममा डिस्ट्रक्ट प्रतिवेदन र भावी योजनाबारे छलफल हुने जानकारी दिए ।

कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरूद्वारा विभिन्न सत्र सञ्चालन गरिनेछ । कार्यक्रममा  डिस्ट्रिक्ट प्रतिवेदन र भावी योजनाबारे छलफल हुनेछ । रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नरद्वय सन्तोष रिजाल र सञ्जय गिरीले रोटरीको कामकारवाहीको बारेमा जानकारी दिएका थिए ।

उनीहरुका अनुसार रोटरीले नेपालका अस्पतालहरुमा भेन्टिलेटर्स, डायलासिस मेसिन, मेडिकल उपकरण, क्यान्सर स्क्रिनिङ, रेटिना, एक्सरे, इसिजी, ह्विलचियरहरु वितरण गरिसकेको छ । त्यसैगरी गभर्नर नोमिनी विष्णु बहादुर कार्कीले रोटरीले पैसा कसरी संकलन गर्छ र त्यसको उपयोग कसरी गर्छ भन्ने बारेमा जानकारी दिंदै रोटरीले विद्यालयहरुमा खानेपानी, शौचालय, कम्प्युटर, इलर्निङ तथा सरसफाइजस्ता क्षेत्रमा काम गरिरहेको बताएका थिए ।

रोटरीले पोलियो उन्मुलनलगायत मातृशिशु स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण र हाइजिन, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । सन् १९०५ मा अमेरिकाबाट शुरु भएको रोटरी क्लबको नेपालमा भने सन् १९५८ मा मात्र स्थापना भएको हो । हाल देशभर रोटरीको १५० भन्दा बढी क्लब र झन्डै ६ हजार सदस्य छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register