भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौँ। भारतको आर्थिक सहयोगमा निर्मित मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा तीन करोडको परियोजना लागतमा निर्मित उक्त भवनको आज मकवानपुरको जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, […]

Mar 19, 2025 - 17:28
 0
भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौँ।

भारतको आर्थिक सहयोगमा निर्मित मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा तीन करोडको परियोजना लागतमा निर्मित उक्त भवनको आज मकवानपुरको जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताका लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेको दूतावासले जनाएको छ । उनीहरूले निर्माण गरिएको पूर्वाधारले मकवानपुरको श्री जनकल्याण माध्यमिक विद्यालयको विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको उपस्थिति थियो ।

भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) का रूपमा लिइएको थियो र मकवानपुरको जिल्ला समन्वय समितिमार्फत कार्यान्वयन गरिएको थियो ।

जनकल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयका रूपमा स्थापना भएको थियो र सन् १९८५ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग आठ सय ५० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५४ प्रतिशत छात्राहरू छन् ।

यसले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै उक्त क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन पनि मद्दत गर्ने बताएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिविम्बित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register