रामेछापमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु, दर्जन बढी घाइते

रामेछाप । मन्थली नगरपालिका ३ कठजोरमा गाडी दुर्घटना भएको छ । बिहीबार ४ बजे लिखु तामाकोसी गाउँपालिकाको र मन्थली नगरपालिकाको सिमानामा पर्ने ऐरमवास मन्दिरबाट फर्कँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जनाको निधन भएको रामेछाप प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी वर्ष ६२ का […]

Apr 10, 2025 - 14:05
 0
रामेछापमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु, दर्जन बढी घाइते

रामेछाप ।

मन्थली नगरपालिका ३ कठजोरमा गाडी दुर्घटना भएको छ । बिहीबार ४ बजे लिखु तामाकोसी गाउँपालिकाको र मन्थली नगरपालिकाको सिमानामा पर्ने ऐरमवास मन्दिरबाट फर्कँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

दुर्घटनामा परि दुई जनाको निधन भएको रामेछाप प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी वर्ष ६२ का कृष्ण नारायण श्रेष्ठ र अन्दाजी वर्ष १२ की भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष कृष्ण गोपाल थापाले जानकारी दिए ।

दुर्घटनामा दर्जन भन्दा बढी यात्रुहरू घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारको लागी मन्थली अस्पताल पठाइएको वडाध्यक्ष थापाले बताए । दुर्घटना भएको बोलेरो सडकबाट अन्दाजी २ मिटर तल खसको छ । सडक भासिएर बोलेरो दुर्घटना भएको वडाध्यक्ष थापाले बताए । दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register