जवाफ नपाएका प्रभु साहको माग : ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाऔँ
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभाको कार्यसूचीबाट ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद साहले यसअघि आफूले सोधेको प्रश्नको उत्तर प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएको भन्दै कार्यक्रमको औचित्य नरहेको बताए । प्रधानमन्त्री ओलीले गत फागुन ४ गतेको बैठकमा साहले सोधेको प्रश्नलाई औचित्यहीन भन्दै जवाफ दिन अस्वीकार […]

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभाको कार्यसूचीबाट ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन माग गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद साहले यसअघि आफूले सोधेको प्रश्नको उत्तर प्रधानमन्त्री केपी शर्मा ओलीले नदिएको भन्दै कार्यक्रमको औचित्य नरहेको बताए । प्रधानमन्त्री ओलीले गत फागुन ४ गतेको बैठकमा साहले सोधेको प्रश्नलाई औचित्यहीन भन्दै जवाफ दिन अस्वीकार गरेका थिए ।
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आजको कार्यसूचीमा राखिएको छ। सांसदले सोधेको प्रश्नको जवाफ नै नदिने औचित्यहीन कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भन्न म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
साहले प्रधानमन्त्री संसदीय नियमावली र प्रावधानप्रति उत्तरदायी नभएको आरोप लगाए। ‘मैले सोधेको प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले दिनुभएन। यो केवल प्रभु साहको प्रश्न मात्र होइन, यो प्रश्नोत्तर कार्यक्रमको गरिमा, सभामुखको सम्मान र संसदीय नियमावलीको पालनाको विषय हो, उनले थपे ।
साहले कार्यक्रम कार्यसूचीबाट नहटाइए आफूले बैठक बहिष्कार गर्ने चेतावनीसमेत दिए ।
What's Your Reaction?






