राजावादीले गुहारे मानव अधिकार आयोग

काठमाडौं । राजावादी सङ्गठनले मानव अधिकार आयोग गुहारेका छन् । १५ वैशाखमा गर्ने भनिएको आन्दोलनको अनुगमन गरिदिन भन्दै राजा फर्काउन लागेको ‘संयुक्त जनआन्दोलन समिति’ले आयोग गुहारेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता र समितिका संयोजक नवराज सुवेदीसहित आयोग पुगेर १५ वैशाखको आन्दोलन अनुमगमन गरिदिन अनुरोध गरेका छन् । उनीहरुले मानव अधिकार आयोगका अध्यक्ष टपबहादुर […]

May 23, 2025 - 11:43
 0
राजावादीले गुहारे मानव अधिकार आयोग

काठमाडौं । राजावादी सङ्गठनले मानव अधिकार आयोग गुहारेका छन् । १५ वैशाखमा गर्ने भनिएको आन्दोलनको अनुगमन गरिदिन भन्दै राजा फर्काउन लागेको ‘संयुक्त जनआन्दोलन समिति’ले आयोग गुहारेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता र समितिका संयोजक नवराज सुवेदीसहित आयोग पुगेर १५ वैशाखको आन्दोलन अनुमगमन गरिदिन अनुरोध गरेका छन् । उनीहरुले मानव अधिकार आयोगका अध्यक्ष टपबहादुर मगरलाई भेटेर पत्र समेत बुझाएका छन् ।

आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताउँदै समितिले सरकारका तर्फबाट घुसपैठ हुनसक्ने आशङ्का गर्दै अनुगमन गरिदिन अनुरोध गरेको बताएको छ ।

आयोगलाई बुझाएको पत्रमा भनिएको छ, ‘२०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनमा सरकारले जसरी नियोजित रुपमा आक्रमण गरी प्रदर्शनलाई अराजक र हिंसात्मक बनाउने कार्य गर्‍यो । त्यसैगरी जेठ १५ गतेबाट गरिने आन्दोलनको सन्दर्भमा राष्ट्रवादी नेता तथा अभियन्ताहरुलाई सो आन्दोलन अगावै अनेकौ बहानामा धरपकड गरिने संभावना समेत देखिएकोले तत् सम्बन्धमा विशेष चनाखो रही अनुगमन गरिदिन हुन सादर अनुरोध गर्दछौ ।’

१५ जेठमा हुने आन्दोलनमा सरकारले दमन गर्ने सङ्केत देखिएको भन्दै पत्रमा लेखिएको छ, ‘जेठ १५ बाट तय भएको शान्तिपूर्ण जनआन्दोलनको सन्दर्भमा सरकारबाट नेपाली जनताको मानब अधिकार, प्रजातान्त्रिक अधिकार कुण्ठित हुने संभावना र संकेतहरु देखा परेका छन् ।’

आन्दोलनको अनुगमनसँगै आवश्यक परेको खण्डमा हस्तक्षेप गर्दिन पनि राजावादीले आयोगलाई अनुरोध गरेका छन् । ‘नागरिकको मानव अधिकार, प्रजातान्त्रिक हक अधिकार संरक्षण र सुनिश्चित गर्न हालैबाट अनुगमन गरिदिन हुन र आवश्यकता अनुरुप हस्तक्षेपकारी भूमिकासमेत निर्वाह गरिदिन हुन अनुरोध गर्दछौँ,’ समितिले आयोगलाई बुझाएको पत्रमा लेखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register