सुनको मूल्य तोलामा १ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार तोलाको १ लाख ७६ हजार रुपैयाँ कायम हुँदै सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको थियो । जुन अहिलेसम्मै उच्च हो । […]

Mar 21, 2025 - 05:14
 0
सुनको मूल्य तोलामा १ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार तोलाको १ लाख ७६ हजार रुपैयाँ कायम हुँदै सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको थियो । जुन अहिलेसम्मै उच्च हो । बिहीबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै, चाँदीको मूल्य आज पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register