राजस्थानमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु, ३५ घाइते
नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । एसएमएस मेडिकल […]

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।
एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भने, ‘घटनामा धेरै घाइते भएका छन् । लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । यो एक गम्भीर दुर्घटना हो ।’
आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो ।
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताए ।
What's Your Reaction?






