कोलम्बियालाई पराजित गर्दै ब्राजिल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । कोलम्बियालाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी क्षत्रको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो । राफिन्हाले प्राप्त पेनाल्टी सदुपयोग गर्दै खेलको छैटौं मिनेटमा नै ब्राजिललाई अग्रता दिलाए । लुइस डियाजले ४१औं मिनेटमा गोल गर्दै खेल […]

Mar 21, 2025 - 05:08
 0
कोलम्बियालाई पराजित गर्दै ब्राजिल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । कोलम्बियालाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी क्षत्रको दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो ।

राफिन्हाले प्राप्त पेनाल्टी सदुपयोग गर्दै खेलको छैटौं मिनेटमा नै ब्राजिललाई अग्रता दिलाए । लुइस डियाजले ४१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको अन्तिम समयमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिलको जित सुनिश्चत भयाे ।

यससँगै ब्राजिल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिलले १३ खेलबाट २१ अङ्क जोडेको छ ।

यस्तै १२ खेलमा २५ अङ्कसहित साविक विजेता अर्जेन्टिना पनि विश्वकप छनोट नजिक छ । शनिबार हुन गइरहेको उरुग्वेविरुद्धको खेलमा बराबरी गरेमात्रै पनि अर्जेन्टिना विश्वकपमा छनोट हुनेछ ।

गत वर्षको नोभेम्बरमा पेरूलाई पराजित गर्दा नै तीन पटकको विश्वविजेता अर्जेन्टिनाले विश्वकप छनोट लगभग सुनिश्चित गरिसकेको थियो । गणितीय हिसाबले मात्र छनोट हुन बाँकी रहेको हो ।

उरुग्वे १२ खेलबाट २० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । कोलम्बिया भने १३ खेलबाट १९ अङ्कका साथ छैटौं स्थानमा छ । दक्षिण अमेरिकी क्षेत्रबाट ६ टोली विश्वकपका लागि सिधै छनोट हुनेछन् । एक टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ ।

आगामी वर्ष उत्तर अमेरिकाका तीन देश क्यानडा, अमेरिका र मेक्सिकोमा विश्वकप आयोजना हुँदैछ । यी तीननवटै टोली आयोजकका हैसियतमा सिधै छनोट भइसकेका छन् । छनोट खेलेर विश्वकपमा पुग्नेमा भने जापान पहिलो टोली बनेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register