विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा

काठमाडौँ, ८ चैत । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शुक्रबार बिहान कोलम्बियालाई २–१ ले पराजित गर्दै ब्राजिलले एकैपटक चार स्थान सुधार गरेको हो। ब्राजिलको जितमा बार्सिलोनाका राफिन्हा र रियल मड्रिडका भिनिसियस जुनियरले गोल गरे। राफिन्हाले खेलको छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। तर कोलम्बियाले ४१औँ मिनेटमा लिभरपुलका स्ट्राइकर [...] The post विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा appeared first on Jhapa Online.

Mar 21, 2025 - 08:19
 0
विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा

काठमाडौँ, ८ चैत । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार बिहान कोलम्बियालाई २–१ ले पराजित गर्दै ब्राजिलले एकैपटक चार स्थान सुधार गरेको हो।

ब्राजिलको जितमा बार्सिलोनाका राफिन्हा र रियल मड्रिडका भिनिसियस जुनियरले गोल गरे। राफिन्हाले खेलको छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।

तर कोलम्बियाले ४१औँ मिनेटमा लिभरपुलका स्ट्राइकर लुइस डियाजको गोलमा बराबरी गर्‍यो। खेलको अतिरिक्त समयको नवौँ मिनेटमा गोल गर्दै भिनिसियस ब्राजिललाई महत्त्वपूर्ण अंक दिलाउन सफल भए।

जितसँगै १३ खेलबाट ब्राजिलको २१ अंक भएको छ। समान खेलबाट कोलम्बियाको १९ अंक छ। कोलम्बिया छैटौँ स्थानमा छ। एक खेल कम खेलेको अर्जेन्टिना २५ अंकसहित शीर्षस्थानमा र उरुग्वे २० अंकसहित तेस्रो स्थानमा छ।

शनिबार बिहान यी दुई टोली आमनेसामने हुँदै छन्।

The post विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register