पृथ्वीको अन्त्यसम्बन्धी भविष्यवाणी, के-के गलत साबित भए ?

काठमाडौं । जुन चिजको सुरुवात हुन्छ, त्यसको अन्त्य निश्चित छ । पृथ्वीको अन्त्य हुने भविष्यवाणी धेरै पटक गरियो । पृथ्वीको अन्त्यको बारेमा सोचेर नै हामीलाई डर लाग्छ । तर, के वास्तवमै पृथ्वी समाप्त हुन लागेको हो ? पृथ्वीको विनाशसम्बन्धी के–के भयावह भविष्यवाणीहरू गरिएका थिए र ती कति पटक गलत निस्किए, आज जानौँ । पृथ्वीको विनाशको […]

Mar 21, 2025 - 09:32
 0
पृथ्वीको अन्त्यसम्बन्धी भविष्यवाणी, के-के गलत साबित भए ?

काठमाडौं । जुन चिजको सुरुवात हुन्छ, त्यसको अन्त्य निश्चित छ । पृथ्वीको अन्त्य हुने भविष्यवाणी धेरै पटक गरियो ।

पृथ्वीको अन्त्यको बारेमा सोचेर नै हामीलाई डर लाग्छ । तर, के वास्तवमै पृथ्वी समाप्त हुन लागेको हो ? पृथ्वीको विनाशसम्बन्धी के–के भयावह भविष्यवाणीहरू गरिएका थिए र ती कति पटक गलत निस्किए, आज जानौँ ।

पृथ्वीको विनाशको बारेमा धेरै तर्क र अड्कल भएका छन् । यस्तै, एक थियो – माया क्यालेन्डर । यसको अन्तिम मिति २१ डिसेम्बर २०१२ सम्म भएकोले मानिसहरूले यो मितिमा पृथ्वी अन्त्य हुने विश्वास गरेका थिए । तर, यो गलत साबित भयो र अहिले हामी सन् २०२५ मा आइसकेका छौँ ।

यस्तै, घटना सन् २००० मा पनि भएको थियो, जब मानिसहरूलाई पृथ्वी समाप्त हुने डर सताउन थालेको थियो । जसलाई वाइटूके बग नाम दिइएको थियो। धेरै मानिसहरूको विश्वास थियो कि एउटा कम्प्युटर बगले विश्वभरका सबै कम्प्युटरहरूमा अचानक आक्रमण गर्नेछ, जसले गर्दा चारैतिर विनाश हुनेछ । यद्यपि जनवरी १, २००० मा केही कम्प्युटरमा यस्तो प्रकारको समस्या आएको थियो, तर विनाश जस्तो केही भएन ।

विश्वका प्रसिद्ध ज्योतिषी नोस्ट्राडमसले पनि पृथ्वीको अन्त्यको बारेमा भविष्यवाणी गरेका थिए । सन् १५५५ मा उनले “लेस प्रोफिटिज” नामक एउटा पुस्तक लेखेका थिए, जुन चार हरफको कविताको रूपमा थियो । यस पुस्तकमा जम्मा ९४२ हरफहरू थिए र सबै हरफमा भविष्यवाणी थिए । यसमा पृथ्वीको अन्त्यको भविष्यवाणी गरिएको थियो, यद्यपि यो पनि सत्य भएन ।

सन् १८०६ मा इङ्गल्यान्डको लिड्समा एउटा कुखुरा थियो । यो देखेर सबै आश्चर्यचकित भए कि त्यसले दिएको अण्डामा येशु ख्रिस्ट लेखिएको थियो । त्यसैले मानिसहरू डराउँथे र संसारको अन्त्य हुन लागेको भन्ने हल्ला फैलियो । तर, पछि थाहा भयो कि अण्डामा लेख्ने काम कुखुराको मालिकले गर्थ्यो ।

पछिल्लो समय एउटा एस्टेरोइड २०२४ वाईआरफोको बारेमा कुरा भइरहेको छ, जुन पृथ्वीमा सन् २०३२ मा ठोक्किन सक्छ भनिएको छ । यसलाई लिएर वैज्ञानिकहरू पनि डराएका थिए । जसले गर्दा केही वर्षमा संसार विनाश हुने डर आम मानिसमा पलाइसकेको थियो ।

तर, निकट भविष्यमा पृथ्वीमा एस्टेरोइड २०२४ वाईआरफोले पार्न सक्ने खतरनाक प्रभावमा न्युनिकरण भएको नासाको एक नयाँ अध्ययनले देखाएको छ । यद्यपि, माइनर प्लानेट सेन्टर लाई विस्तृत जानकारी दिन निरन्तर अध्ययन गर्दा नासा जेट प्रोपल्सन ल्याबरटोरी जेपीएल को सेन्टर फर निअर–टू–अर्थ अब्जेक्ट स्टडिजका विशेषज्ञहरू एस्टेरोइडको परिक्रमा पथको थप सटिक मोडलको हिसाब गर्न सफल भयो । र अहिले यस एस्टेरोइडले पार्ने प्रभावको नवीकृत तथ्याङ्क पनि प्राप्त भएको छ ।

जसअनुसार सन् २०३२ को डिसेम्बर २२ मा पृथ्वीमा पर्ने प्रभाव घटेर ०.००४ प्रतिशत मा पुगेका छ । साथै अर्को शताब्दीसम्म पनि यस एस्टेरोइडले हाम्रो ग्रहमा पार्न सक्ने प्रभावको सम्भावना खासै नरहेको पनि अध्ययनले दर्साएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register