राजतन्त्र भूत हो, भूत भ्रम हो, भ्रम बोकेर हिँड्नेहरू निराशामा बाँच्छन् : बाबुराम भट्टराई

जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रको कुरा गर्नेहरू निराश र काल्पनिक समाजमा बाँचिरहेको टिप्पणी गरेका छन् । मधेस प्रदेशको जनकपुरमा पार्टीको प्रथम महाधिवेशन अन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरेका […]

Mar 22, 2025 - 07:16
 0
राजतन्त्र भूत हो, भूत भ्रम हो, भ्रम बोकेर हिँड्नेहरू निराशामा बाँच्छन् : बाबुराम भट्टराई

जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रको कुरा गर्नेहरू निराश र काल्पनिक समाजमा बाँचिरहेको टिप्पणी गरेका छन् ।

मधेस प्रदेशको जनकपुरमा पार्टीको प्रथम महाधिवेशन अन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरेका हुन् ।

‘हामी पछाडि फर्किने कुरा हुँदैन । मधेसजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौँदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन् । तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ,’  उनले भने, ‘राजतन्त्र भूत हो । भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन् । जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना ।’

उनले आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुने गरेको भन्दै उनीहरूले कुटिलतापूर्वक आफ्ना गलत कामहरू जनतासम्म पुग्नै नदिएको बताए । त्यसै कारण जनतालाई शिक्षित नै नगराइएको उनको भनाइ थियो ।

‘अहिले जनता पढ्न-लेख्न पाएका छन् । केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ । तर, त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो । राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो,’ उनले भने ।

भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने, र सरकार छान्ने अवसर दिएको उल्लेख गरे । नयाँ वैकल्पिक शक्ति निर्माणको आह्वान गर्दै भट्टराईले पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको बताए । उनले आर्थिक क्रान्ति, रोजगार, वैज्ञानिक तथा प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register