अमेरिकाले लगायो पुर्व बामपन्थी राष्ट्रपति माथी प्रतिबन्ध

वासिंगटन डिसी । अमेरिकाले अर्जेन्टिनाकी पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई प्रतिबन्ध लगाएको छ ।  यस प्रतिबन्धको मुख्य कारण उनीमाथि भ्रष्टाचारको गम्भीर आरोप रहेको अमेरिकाले जनाएको छ । यही कारण अमेरिकाले उनको देश प्रवेशमा प्रतिबन्ध लगाएको हो । अमेरिकी विदेश मन्त्रालयले फर्नान्डेजका योजना मन्त्री जुलियो मिगुएल डे विडो र उनको परिवारमाथि पनि प्रतिबन्ध लगाएको जनाएको छ । […]

Mar 23, 2025 - 03:21
 0
अमेरिकाले लगायो पुर्व बामपन्थी राष्ट्रपति माथी प्रतिबन्ध

वासिंगटन डिसी ।

अमेरिकाले अर्जेन्टिनाकी पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई प्रतिबन्ध लगाएको छ । 

यस प्रतिबन्धको मुख्य कारण उनीमाथि भ्रष्टाचारको गम्भीर आरोप रहेको अमेरिकाले जनाएको छ । यही कारण अमेरिकाले उनको देश प्रवेशमा प्रतिबन्ध लगाएको हो । अमेरिकी विदेश मन्त्रालयले फर्नान्डेजका योजना मन्त्री जुलियो मिगुएल डे विडो र उनको परिवारमाथि पनि प्रतिबन्ध लगाएको जनाएको छ ।

किर्चनर र डे विडोमाथि धेरै सरकारी योजनाहरूमा व्यापक भ्रष्टाचारको आरोप छ, यससँगै घूसखोरीको आरोप पनि रहेको छ। यससँगै घुस लिएको आरोप पनि लागेको छ । पूर्व राष्ट्रपतिको यो कारबाहीका कारण अर्जेन्टिना सरकारको करोडौं डलर चोरी भएको उल्लेख गरिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा उनललाई विभिन्न अदालतले भ्रष्टाचारका मुद्दामा दोषी ठहर गरेको बताएका छन् । धेरै अदालतले दुवैलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको उनले बताए ।

रुबियोले भने कि संयुक्त राज्यले व्यक्तिगत लाभको लागि सार्वजनिक शक्तिको दुरुपयोग गर्नेहरूलाई जवाफदेहीतालाई बढावा दिएको जनाए । यी कदमले  विश्वव्यापी भ्रष्टाचार विरुद्ध लड्न हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। उनले कुनै पनि भ्रष्टाचारीलाई नछोड्ने पनि बताए ।

पूर्वराष्ट्रपतिमाथि लागेका भ्रष्टाचारको आरोप आरोप मात्रै होइन, उनलाई धेरै अदालतले दोषी ठहर गरेका छन् र कैयौंले सजायसमेत सुनाइसकेको अवस्था रहेको छ ।अर्जेन्टिनाका पूर्व राष्ट्रपति तथा वामपन्थी नेता क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचारको मुद्दामा ६ वर्षको जेल सजाय र सार्वजनिक पदबाट आजीवन प्रतिबन्धको सजाय सुनाइएको छ । 

अर्जेन्टिनाको संघीय अदालतले उनलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । जसलाई सर्वोच्च अदालतले चुनौती दिएको थियो तर सर्वोच्च अदालतले पनि तल्लो अदालतको फैसलालाई सदर गरिसकेको छ ।

सन् २००७ देखि २०१५ सम्मको राष्ट्रपतिका रूपमा दुई कार्यकालमा किर्चनरलाई उनको प्रशासनले सार्वजनिक कामको ठेक्का दिनेमा अनियमितता गरेको आरोप लागेको थियो । मुख्य अभियोजकले ठेक्का बाँडफाँड गर्ने कथित योजनालाई देशकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियान भनेका छन् ।

त्यसो त फर्नान्डेज डे किर्चनर माथी सन् २०२२ मा ब्यूनस आयर्समा उनको घर बाहिर गोली हानिएको थियो, जहाँ उनी बालाबाल जोगिएकी थिइन्, जब एक व्यक्तिले उनको टाउकोमा बन्दुक तानेर ट्रिगर ताने तर फायर भने हुन सकेन । किर्चनरमाथि भएको आक्रमणको विरोधमा उनका हजारौं समर्थक सडकमा उत्रिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register