लेबनानबाट इजरायलमा रकेट प्रहार, जवाफमा हवाई आक्रमण

काठमाडौं । लेबनानबाट आफ्नो भूमिमा केही रकेट प्रहार भएपछि इजरायलले त्यसको जवाफमा हवाई आक्रमण गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको दर्जनौं रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको बताइएको छ । इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा […]

Mar 23, 2025 - 03:28
 0
लेबनानबाट इजरायलमा रकेट प्रहार, जवाफमा हवाई आक्रमण

काठमाडौं । लेबनानबाट आफ्नो भूमिमा केही रकेट प्रहार भएपछि इजरायलले त्यसको जवाफमा हवाई आक्रमण गरेको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको दर्जनौं रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको बताइएको छ ।

इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटसहित धेरै सशस्त्र समूहहरू सक्रिय छन् र इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी कसैले पनि लिएको छैन ।

इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमासविरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो ।

इजरायली सेनाले उत्तरी इजरायली सहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै हताहत नभएको बताएको छ ।

हिजबुल्लाहले यी आक्रमणहरूबाट आफूलाई टाढा राखेको छ । यसमा आफ्नो कुनै भूमिका नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register