घासे मैदान तथा सिमसार व्यवस्थापन गर्दै निकुञ्ज

नवलपरासी । नवलपरासी गैंडा,हात्ती, बाघ, चितुवा लगायतका वन्यजन्तुको आहार सृंखला मिलाई राख्न चितवन राष्ट्रिय निकुञ्जले घासे मैदान व्यवस्थापनको कामलाई निरन्तरता दिएको छ । निकुञ्जले कोर एरिया सुखिभार, भिम्ले,बाघमारा,खोरिया लगायतका क्षेत्रका पुराना ढड्डी सफा पार्दै नयाँ र कलिला मुना सहितका घाँस उमार्न घासे मैदान तथा पिउने पानीका लागि सिमसार व्यवस्थापनको कार्य अघि बढाएको हो । गैंडा,चित्तल,मृग […]

Mar 23, 2025 - 07:09
 0
घासे मैदान तथा सिमसार व्यवस्थापन गर्दै निकुञ्ज

नवलपरासी ।


नवलपरासी गैंडा,हात्ती, बाघ, चितुवा लगायतका वन्यजन्तुको आहार सृंखला मिलाई राख्न चितवन राष्ट्रिय निकुञ्जले घासे मैदान व्यवस्थापनको कामलाई निरन्तरता दिएको छ ।

निकुञ्जले कोर एरिया सुखिभार, भिम्ले,बाघमारा,खोरिया लगायतका क्षेत्रका पुराना ढड्डी सफा पार्दै नयाँ र कलिला मुना सहितका घाँस उमार्न घासे मैदान तथा पिउने पानीका लागि सिमसार व्यवस्थापनको कार्य अघि बढाएको हो । गैंडा,चित्तल,मृग लगायतका वन्यजन्तुले खाने घाँस र लुक्ने काँसघारीलाई जोगाउदै केही ब्लकहरूमा घासे मैदानको व्यवस्थापन कार्य गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए ।


त्यसै गरि निकुञ्जले गर्मी बढेसंगै वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन घासे मैदान क्षेत्रका साना तिना सुख्खा पोखरीमा पानी भर्न सोलार जडित वोरीङहरूको पनि व्यवस्था मिलाएको छ । चितवन राष्ट्रिय निकुञ्ज दूर्लभ एक सिंगे गैडा, लोपोन्मुख पाटेबाघ तथा रैथाने एवं कतिपय साईवेरिया देखि मंगोलीया सम्मका आगन्तुक चराहरूको प्रमुख बासस्थल पनि हो ।
पछिल्लो समय निकुञ्ज भीत्र तथा कतिपय मध्यवर्ती सामुदायिक वनहरूमा घासे मैदान व्यवस्थापन हुन थाले पछि हरिण प्रजातिका वन्यजन्तुहरू गाउँ बस्तीमा कमै पस्ने गरेको निकुञ्ज छेउछाउका स्थानीयहरू बताउछन् ।

त्यसो त निकुञ्जका घनाजंगल र विशाल मैदानी क्षेत्रमा ठूल्ठूला झुण्डमा देखिने चित्तल र मृगका बथानले घासे मैदान व्यवस्थापनको महत्त्व र घाँस बढे मृग बढ्ने, मृग बढे, बाघ बढ्ने पारिस्थितिक चक्रलाई थप पुष्टि गरेको छ ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डां गणेश पन्तका अनुसार हरेक वयस्क बाघले हप्तामा १ जरायो, चित्तल या त्यस्तै जीवलाई आफ्नो आहार बनाउने गर्दछ । हेल्दी ईकोसिस्टमको सूचक भनेकै बाघको पपुलेशन हेल्दी हुनु हो,त्यही ईकोसिस्टम ओभरल रूपमा हेल्दी छ भन्ने विश्वव्यापी मान्यता रहको डा। पन्तले बताए ।


सन २०२० देखि २२ सम्मको पछिल्लो गणना तथ्यले १ सय २८ बाघ, ६ सय ९४ गैडा, ३ सय ८८ गौरीगाई र जंगली हात्तिहरू समेत विश्व सम्पदा सुचीमा सुचीकृत चितवन राष्ट्रिय निकुञ्जमा बिचरण गर्ने देखाएको छ । यसै सम्बन्धमा निकुञ्जका अधिकारीहरू यहाँ बिचरण गर्ने गैडा,हरिण,जरायोको आहार घाँस पुगिसरी बनाउन झण्डै एक हजार हेक्टर जमिनलाई घासे मैदानका रूपमा व्यवस्थापन गर्नु पर्ने जरूरी देखिएको बताउछन् ।

ऐतिहासिक तथ्यांकलाई केलाउदा सन १९६० को दशक सम्म वन्यजन्तुका लागि अत्यावश्यक २० प्रतिसत घासे मैदान, सोही हाराहारीमा नदी तटीय वन रहेको यो क्षेत्रमा वन विनास, बाढी,भूक्षय तथा मिचाहा वनस्पतिका कारण घासेवन क्षेत्रमा आधै गिरावट आएको विभिन्न अध्ययनले देखाएको छ । बाढी, पहिरो र मिचाहा बनस्पतिको फैलावटले निकुञ्जको खोरिया पोष्ट नजिक प्रसिद्ध देबी ताल नासिदै गएको छ ।


गैडा हात्ती,बाघ भालु चितलले पानी खाने तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय आकर्षणको यो ताल करिव करिव उजाडिएको छ । यस्तो अवस्थामा घाँसपात खाने वन्यजन्तुको आहार बचाई राख्न पनि घासे मैदान व्यवस्थापन तथा सिमसार संरक्षणमा जोड् दिनु आवश्यक देखिन्छ । स्थानीय जिल्लाहरू पर्सा,मकवानपुर,चितवन र नवलपरासी पूर्वको नवलपुर क्षेत्रमा अवस्थित चितवन राष्ट्रिय निकुञ्जमा घासे मैदान व्यवस्थापन गर्न आवश्यक बजेटको कमी हुँदा मुस्किलले करिव ३ सय हेक्टर जमिनमा व्यवस्थापन कार्य हुने गरेको बताईन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज बाघको संख्यामा बृद्धी र बासस्थानका हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिदै आएको छ ।
बाघका लागि आवश्यक कन्जरभेसन योसोर्ड टाईगर स्टान्डर्सका सम्पूर्ण तत्वहरू आहार,प्रजनन तथा लुक्न मिल्ने अनुकुल बासस्थान सहितको वातावरण चितवन राष्ट्रिय निकुञ्जमा रहेको छ । संरक्षित जनावरको कुल उपस्थितिको करिव ५ प्रतिसत आपसमा जुधेर, घाईते अवस्था तथा शारीरिक कमजोरीले बस्तीमा पस्दा कहिले काही मानव वन्यजन्तु द्वन्द्व सिर्जना हुने अवस्था आउने गरेको जानकारहरू बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालयमा हालै संचारकर्मी तथा निकुञ्ज पदाधिकारी बीचको एक अन्तरक्रियामा जनताको निकुञ्ज प्रतिको अपनत्व, संरक्षणको भावना र वन्यजन्तु मैत्री वातावरण निर्माण जस्ता विषयवस्तु उठान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register