किरणको शतकमा सुदूरपश्चिमको तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले तेस्रो जित हासिल गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले पराजित गरेको हो । २४३ रनको लक्ष्य पछ्याएको कोशी ओभरमा रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । हकले ६६ बलमा ११ चौका प्रहार गर्दै ६२ […]

Mar 23, 2025 - 10:52
 0
किरणको शतकमा सुदूरपश्चिमको तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले तेस्रो जित हासिल गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशीलाई ३१ रनले पराजित गरेको हो ।

२४३ रनको लक्ष्य पछ्याएको कोशी ओभरमा रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । हकले ६६ बलमा ११ चौका प्रहार गर्दै ६२ रनको योगदान गरे । तर, जितको लागि पर्याप्त हुन सकेन ।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ३ विकेट लिए । भोज राज भट्टले २ तथा शेर मल्लले १, नारायण जोशी तथा राहुल भण्डारीले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४३.४ ओभरमा २४२ रनमा अलआउट भएको थियो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले शतकीय पारी खेले । उनले किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानीसमेत बनाएका छन् ।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए ।

कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, सर्वाधिक छक्का प्रहार गर्नेमा शीर्ष

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register