आईपीएल सुरु भएसँगै भारत सरकारले ब्लक गर्यो ३०० बढी बेटिङ साइट
काठमाडौं । शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) लाई लक्षित गर्दै भारत सरकारले अनलाइन कारोबारसँग सम्बन्धित करिब ७०० साइट ब्लक गरेको छ । जसमध्ये ३५७ अनलाइन बेटिङ साइट रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अवैध गेमिङ प्लेटफर्मका कारण देशको कर सङ्कलन प्रभावित भएपछि पछिल्लो समय भारतको डाइरेक्टोरेट जनरल अफ गुड्स एन्ड सर्भिसेस ट्याक्स इन्टेलिजेन्स (डीजीजीआई) ले यस्ता प्लेटफर्ममाथिको कारबाहीलाई तीव्रता दिएको हो । यससँगै यस्ता प्लेटफर्महरूसँग जोडिएका करिब २००० बैंक खाता पनि निष्क्रिय गरिएका छन् । ...

What's Your Reaction?






