बेलायतको उपनिवेश बनेको भारतले नेपाललाई भारतको अङ्ग भन्नु भद्दा मजाक : अनेरास्ववियु

Jun 20, 2023 - 09:35
 0
बेलायतको उपनिवेश बनेको भारतले नेपाललाई भारतको अङ्ग भन्नु भद्दा मजाक : अनेरास्ववियु
बेलायतको उपनिवेश बनेको भारतले नेपाललाई भारतको अङ्ग भन्नु भद्दा मजाक : अनेरास्ववियु

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेस्ववियु) ले दक्षिण भारतीय चलचित्र आदिपुरुषको संवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो चलचित्रको विवादित दृश्य सम्पादन भएपछि मात्र प्रदर्शन गर्न अनेरास्ववियुले आग्रह गरेकोमा सो चलचित्रका संवाद लेखक मनोज मुन्तासरले नेपालप्रति दिएको अभिव्यक्ति अक्षम्य र नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको अनेरास्ववियुले निष्कर्ष निकालेको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार एक विज्ञप्ति जारी गरी नेपाल इतिहासमा कुनै पनि साम्राज्यको अधीनमा नरेको स्मरण गराएको छ । ‘देशको उत्पत्तिदेखि आजसम्म स्वतन्त्र रहेको संसारमा एउटा मात्रै देश हो नेपाल, सन् १९४७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको भारतले १९०३ मा नेपाल भारतकै अङ्ग रहेको भन्नु भ्रम र भद्दा मजाक मात्रै हो’, विज्ञप्तिमा लेखिएको छ । 

चलचित्रको संवादको बहानामा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिएको प्रहारको अनेरास्ववियुले विरोध जनाएको छ । उक्त आपत्तिजनक संवाद म्युट गरी दृश्यमा कुनै परिवर्तन नगरी नेपाली सिनेमा घरबाट भइरहेको प्रदर्शन रोक्न अनेरास्ववियुले सरकार समक्ष माग गरेको छ । 

सरकारी तवरबाट कुनै कदम नचले अनेरास्ववियुले सबै हलबाट सो चलचित्रको प्रदर्शनको तालिका हटाउन बाध्य हुने चेतावनी दिएको छ ।  आगामी दिनमा प्रदर्शन हुने हिन्दी सिनेमाको १ महिना पहिले नै सेन्सर पासको प्रावधान ल्याउन पनि सो संगठनले नेपाल सरकार समक्ष माग गरेको छ । 

भारतीय चलचित्र आदिपुरुषमा जानकीलाई भारत पुत्री भनिएको छ । नेपालको जनकपुरमा जन्मिएकी सिता अर्थात् जानकीलाई भारत पुत्री भनि सम्बोधन गरिएको प्रति देश भरी विरोध हुँदा पनि सकारले कुनै प्रतिक्रिया जनाएको छैन । 

गठबन्धन सरकार बनेदेखि नै भारतबाट आयात हुने तरकारी र फलफूलमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा परीक्षण विना भित्राउने काम गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ । जसको परिणाम स्वरूप नेपाली किसानको उत्पादन सडकमा फाल्नु परेको तर्फ अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले मैत्रीपूर्ण भारत भ्रमणको नाममा नेपालका नदी विद्युत् उत्पादनको बहानामा भारतलाई नै सुम्पेको अनेरास्ववियुले जनाएको छ । यिनै घटनाक्रमबाट वर्तमान गठबन्धन सरकारले बारम्बार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भारतको दलाली गरिरहेको पुष्टि भइरहेको अनेरास्ववियुको ठहर छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1