प्रवासमा पनि नेपाली मिडियाले अग्रणी भूमिका निभाएका छन्ः राजदूत यादव

काठमाडौं । अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताउँदै यसले आफनो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताएकी छन् । अस्ट्रेलियाको सिडनीमा रहेर सामुदायिक पत्रकारितामा अग्रणी भुमिका निर्वाह गरिरहेको वचन न्युजको वार्षिक उत्सव तथा कार्यालय भवन उद्घटन समारोहलाई सम्बोधनगर्दै राजदूत यादवले […]

Mar 24, 2025 - 06:27
 0
प्रवासमा पनि नेपाली मिडियाले अग्रणी भूमिका निभाएका छन्ः राजदूत यादव

काठमाडौं ।

अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताउँदै यसले आफनो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताएकी छन् ।

अस्ट्रेलियाको सिडनीमा रहेर सामुदायिक पत्रकारितामा अग्रणी भुमिका निर्वाह गरिरहेको वचन न्युजको वार्षिक उत्सव तथा कार्यालय भवन उद्घटन समारोहलाई सम्बोधनगर्दै राजदूत यादवले वचन न्युजले समुदाय जोडने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताइन् । अस्ट्रेलियाको सिडनीबाट श्रब्यदृश्य तथा अनलाईन समाचार प्रकाशन र प्रशारण गरिरहेको वचन न्यूज समुदायमा केन्द्रित रहेको एकमात्र प्रवासी संचारमाध्यम हो ।

कार्यक्रममा अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीका रुपमा चिनिएका नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरमका पुर्व अध्यक्ष अजय सिवाकोटी, सुरक्षा थापा रायमाझी ,एन्टाका पुर्व अध्यक्ष सुवांश साह , बहुसांस्कृतीक समाज समन्वय अधिकृत मुन लुओ र नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटालाई सम्मान गरिएको थियो । राजदुत चित्रलेखा यादवले सम्मान पत्र प्रदान गरेकी थिइन ।

कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले छोटो समयमा समाजमा लोकप्रिय बनेको वचन न्युजले यसरी नै सक्रियता कायम राख्ने विश्वास व्यक्त गरे । पोखरेलले पत्रकारिता समाजको महत्वपुर्ण अंग भएकाले यसले सचेत गराउनुका साथै असल कार्यको प्रशंसा गर्न पनि कन्जुसाइ गर्नु नहुने धारणा राखे । कार्यक्रममा नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गर्दा सञ्चार माध्यमको महत्व पनि बढेको बताउँदै यसले दिने सन्देश सत्य तथ्यमा आधारित भएर निष्पक्ष हुनुपर्ने बताए ।

कार्यक्रमलाई सघाउने आरएफएम फेसीलिटी मेनेजमेन्टका रन्जित शाह र जेनिथ माइग्रेशनका तेज प्रजापतीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, सह संयोजक अरुण ठाकुर, तमु समाजका अध्यक्ष हेउपती गुरुङ, नारी निकुन्जकी संयोजक संगिता चापागाई, नारी निकुन्जकी पूर्वसंयोजक सन्ध्या शाह, एन्जाका महासचिव गणेश भट्ट, सल्लाहकार डा राजु मानन्धर लगायतले वचन न्युजको सफलताको शुभकामना प्रदान गरेका थिए ।


समुदायको ऐनाको रुपमा रहेको सञ्चारमाध्यम र समुदाय एक आपसमा जोडिएका कारण प्रवासमा रहेर पनि नेपाली समुदायको हितमा समर्पित व्यक्तित्वहरुको सम्मान गर्नु यसको प्रमुख उद्देश्य रहेको वचन न्युजका प्रधान सम्पादक जिवन रायमाझीले बताए । होसन्ना नेपाली चर्चका पास्टर अनिस रीमालको प्रार्थनावाट प्रारम्भ गरिएको कार्यक्रममा गस्पेल चर्चका विद्यार्थीहरुले सन्देशमुलक गित सुनाएका थिए । कार्यक्रम अनुपमा बास्तोलाले संचालन गरेकी थिईन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register