पतञ्जली प्रकरण : प्रतिवादी बितेपछि परिवारलाई बिगो दाबी

काठमाडौं । काभ्रेको पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणका दुईजना प्रतिवादी बितेपछि उनीहरूका परिवारलाई बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । मृत्यु भइसकेका पूर्वगृहमन्त्री तथा तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरे र तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठका परिवारमाथि बिगो माग गरिएको हो । तत्कालीन मुख्यसचिव घिमिरेको सट्टा उनकी श्रीमती कमला घिमिरेलाई […]

Jun 5, 2025 - 10:21
 0
पतञ्जली प्रकरण : प्रतिवादी बितेपछि परिवारलाई बिगो दाबी

काठमाडौं । काभ्रेको पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणका दुईजना प्रतिवादी बितेपछि उनीहरूका परिवारलाई बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । मृत्यु भइसकेका पूर्वगृहमन्त्री तथा तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरे र तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठका परिवारमाथि बिगो माग गरिएको हो ।

तत्कालीन मुख्यसचिव घिमिरेको सट्टा उनकी श्रीमती कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ । यस्तै, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री श्रेष्ठको हकमा उनका छोरा सन्तोष श्रेष्ठलाई प्रतिवादी बनाइएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगको आरोपपत्रमा उल्लेख छ ।

उनीहरूका परिवारलाई जनही १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ ।

पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालत मुद्दा दायर भएको हो ।

नासिकास्थान, साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री नेपालसँग पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ नै बिगो माग गरिएको छ ।

पूर्वगृहमन्त्री घिमिरे सवार कार २०७३ साल असोजमा त्रिशूली नदीमा खस्दा उनीसहित तीन जनाको मृत्यु भएको थियाे ।

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल र प्रेम सिंहसहित यी हुन् ९३ प्रतिवादी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register