संक्रमणकालीन आयोगमा पदाधिकारी नियुक्तिका लागि नयाँ सिफारिस समिति बन्ने

काठमाडौैं । तीन दलका शीर्ष नेताले संक्रमणकालीन आयोगका पदाधिकारी यथासिघ्र नियुक्तिको सहमति जुटाएका छन् । सिंहदरबारमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले समितिका पदाधिकारी चयनका लागि सिफारिस समिति बनाउने सहमति गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि […]

Mar 24, 2025 - 12:02
 0
संक्रमणकालीन आयोगमा पदाधिकारी नियुक्तिका लागि नयाँ सिफारिस समिति बन्ने

काठमाडौैं । तीन दलका शीर्ष नेताले संक्रमणकालीन आयोगका पदाधिकारी यथासिघ्र नियुक्तिको सहमति जुटाएका छन् ।

सिंहदरबारमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले समितिका पदाधिकारी चयनका लागि सिफारिस समिति बनाउने सहमति गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले भने,’बेपत्ता पारिएका व्यक्ति छानबिन समिति तथा सत्य निरूपण तथा मेलमिलापक आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिक आयोगकको अध्यक्ष नियुक्ति गठन प्रक्रिया अघि बढाउने सहमति भएको छ । त्यसका लागि सिफारिस समिति बनाउने सहमति भएको छ,’ उनले भने ।

यसअघि बनेको सर्च कमिटीको प्रतिवेदनका आधारमा आयोगलाई पूर्णता दिने विषयमा समझदारी बनेको खरेलको भनाइ छ । छिट्टैनै आयोगले पूर्णता पाउने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register