राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारदेखि सुरु हुने जनयात्रा शुभारम्भलाई अघि बढाउने भएको छ । पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएसँगै सुरु गर्ने भनिएको जनयात्रा उनको पक्राउसँगै स्थगित हुने अनुमान गरिएको थियो । तर रविको पक्राउपछि बसेको पार्टी सचिवालयको भर्चुअल बैठकले अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । राज्यले विवेक गुमाएको भन्दै आफूहरू […]

Apr 5, 2025 - 04:24
 0
राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारदेखि सुरु हुने जनयात्रा शुभारम्भलाई अघि बढाउने भएको छ ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएसँगै सुरु गर्ने भनिएको जनयात्रा उनको पक्राउसँगै स्थगित हुने अनुमान गरिएको थियो । तर रविको पक्राउपछि बसेको पार्टी सचिवालयको भर्चुअल बैठकले अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ ।

राज्यले विवेक गुमाएको भन्दै आफूहरू शान्त र सौम्य भएर अभियान जारी राख्ने रास्वपाको निर्णय छ ।

शुक्रवार राति बसेको बैठकपछि जारी प्रेस नोटमा रास्वपाले भनेको छ – ‘आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने ।’

रविले आफू पक्राउ पर्नुअघि दिएको भिडियो सन्देशमा शनिबार चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका थिए । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register