कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागका हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आङ्शिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज (मङ्गलबार) दिउँसो देशका पहाडी भागमा आङ्शिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका […]

Mar 25, 2025 - 01:17
 0
कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागका हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आङ्शिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

महाशाखाका अनुसार आज (मङ्गलबार) दिउँसो देशका पहाडी भागमा आङ्शिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आङ्शिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

महाशाखाले आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आङ्शिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register