रास्वपा सभापति लामिछाने सभामुखलाई भेट्न सिंहदरबार जाँदै

काठमाडौं । सभापति रवि लामिछानेलगायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज (मङ्गलबार) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । सभामुखलाई भेट्न आफूहरू बिहान १० बजे सिंहदरबारस्थित कार्यालय जान लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । सभापति लामिछानेको सांसद पद यतिबेला निलम्बनमा छ । कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति […]

Apr 1, 2025 - 04:13
 0
रास्वपा सभापति लामिछाने सभामुखलाई भेट्न सिंहदरबार जाँदै

काठमाडौं । सभापति रवि लामिछानेलगायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज (मङ्गलबार) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

सभामुखलाई भेट्न आफूहरू बिहान १० बजे सिंहदरबारस्थित कार्यालय जान लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

सभापति लामिछानेको सांसद पद यतिबेला निलम्बनमा छ । कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि उनको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो ।

सङ्घीय संसद् सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो । रास्वपाले भने संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ । सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए । आज पुनः भेट्न लागेका हुन् ।

सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register