एएफसी एसियन कप : यस्तो छ मलेसियाविरुद्ध भिड्ने नेपालको सुरुआती ११

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् । खेल मलेसियाको सुल्तान इब्राहिम स्टेडियम   साँझ ७:४५ बजे हुनेछ  जसमा सिङ्गापुरसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएको छ । सुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन […]

Mar 25, 2025 - 14:44
 0
एएफसी एसियन कप : यस्तो छ मलेसियाविरुद्ध भिड्ने नेपालको सुरुआती ११

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् ।

खेल मलेसियाको सुल्तान इब्राहिम स्टेडियम   साँझ ७:४५ बजे हुनेछ  जसमा सिङ्गापुरसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएको छ ।

सुरुआती ११ मा नियमित खेल्दै आएका फरवार्ड अञ्जन विष्टलाई मुख्य प्रशिक्षक म्याटले आराम दिएका छन् । उनको स्थानमा मिडफिल्डर लाकेन लिम्बूलाई अवसर दिएको छ ।

यही चैत ७ गते सिङ्गापुरको नेसनल स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथि १–० को जित निकालेको थियो । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुरलाई ३६ वर्षपछि पराजित गरेको थियो ।

नेपालको सुरुआती ११ मा कप्तान एवं गोलकिपर किरण चेम्जोङसँगै लाकेन लिम्बू, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजङ्घ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र रोहित चन्द छन् ।

नेपाल हाल फिफा वरियतामा एक सय ७५औँ स्थानमा छ भने मलेसिया एक सय ३२औँ स्थानमा छ । पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिलेसम्म हराउन सकेको छैन । यसअघि भएको सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । मलेसियाले छ खेल जित्दा एक खेल भने बराबरीमा सकिएको थियो ।

आजको खेल नेपालमा हुनुपर्ने हो । तर दशरथ रङ्गशालालाई अन्तरराष्ट्रिय मान्यता नदिएको कारण नेपाली टोली मलेसिया गएको हो ।

यस छनोटमा एसियाका २४ टिमलाई विभिन्न छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल समूह एफमा परेको छ । नेपालको समूहमा मलेसिया, भियतनाम र लाओस छन् । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register