क्यानभासमा नेपालको इतिहास, संस्कृति र जनजीवन (तस्वीरहरू)

काठमाडौं । वरिष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रहरू ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेका छन् । यही शीर्षकमा उनले केही वर्षअघि पुस्तक पनि प्रकाशित गरेका थिए । प्रदर्शनीमा काठमाडौं उपत्यकाको इतिहास, चाडपर्व, मल्लकालदेखि शाहकालसम्मका राजाहरू, राजदरबारका गतिविधि, नाँच, संस्कृति र जनजीवन झल्कने चित्र समावेश छन् । ८८ […]

May 25, 2025 - 07:11
 0
क्यानभासमा नेपालको इतिहास, संस्कृति र जनजीवन (तस्वीरहरू)

काठमाडौं । वरिष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रहरू ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेका छन् । यही शीर्षकमा उनले केही वर्षअघि पुस्तक पनि प्रकाशित गरेका थिए ।

प्रदर्शनीमा काठमाडौं उपत्यकाको इतिहास, चाडपर्व, मल्लकालदेखि शाहकालसम्मका राजाहरू, राजदरबारका गतिविधि, नाँच, संस्कृति र जनजीवन झल्कने चित्र समावेश छन् ।

८८ वर्षीय शर्मा चित्र–इतिहासकार पनि हुन्, जो ऐतिहासिक विषयवस्तुहरूलाई कल्पनाका रङले चित्रमा उतार्ने गर्छन् । प्रदर्शनीमा उनका चित्र मात्र नभई उनले प्रयोग गर्ने क्यानभास र रङहरू पनि राखिएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register