अर्घाखाँची दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि घटनास्थलमै तीन जनाको मृत्यु भएकोमा थप एक घाइतेको पनि ज्यान गएको हो । अर्घाखाँची प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया […]

Mar 26, 2025 - 14:53
 0
अर्घाखाँची दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

यसअघि घटनास्थलमै तीन जनाको मृत्यु भएकोमा थप एक घाइतेको पनि ज्यान गएको हो ।

अर्घाखाँची प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु (नाम नखुलेकी) रहेका छन् ।

त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विकको पनि मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

दुर्घटनामा परी २८ जना यात्रु घाइते भएका छन् ।

शीतगङ्गा नगरपालिका–२ को भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।

अर्घाखाँची बस दुर्घटना : तीन जनाको मृत्यु, १५ घाइते

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register