चैत २१ देखि शिवसताक्षीमा मेयर कप

शिवसताक्षी, १४ चैत । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट, कराँते र एथलेटिक्स खेल हुनेशिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले [...] The post चैत २१ देखि शिवसताक्षीमा मेयर कप appeared first on Jhapa Online.

Mar 27, 2025 - 01:48
 0
चैत २१ देखि शिवसताक्षीमा मेयर कप

शिवसताक्षी, १४ चैत । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट, कराँते र एथलेटिक्स खेल हुनेशिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र क्रिकेट खेल तर्फ विधागत रुपमा प्रथमले ३५ हजार र, द्वितीयले २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य विधाका खेलमा भने पुरस्कार राशी तोकिएको छैन ।

आयोजकले सबै विधाका खेलमा विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाएको छ । फुटबल विधा तर्फ प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई प्राइम बैंक झिलझिले शाखाले प्रति खेल २१०० प्रदान गर्ने भएको नगर खेलकुद विकास समितिले जनाएको छ ।

मेयर कपले स्थानीय स्तरका खेलाडीहरुलाई प्रोत्सहन गर्ने र जिल्ला स्तरीय, राष्ट्रिय स्तर हुँदै अन्तरराष्ट्रिय स्तरका खेलहरुमा पनि समावेश हुने अवसर प्राप्त हुने शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले जानकारी दिए । विगतका भएका मेयर कपबाट स्थानीय स्तरका खेलाडीहरु प्रदेश तथा राष्ट्रिय स्तरका खेलमा समावेश भएको उनले बताए ।

प्रतियोगिताका सबै खेलकहरुमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख लागतको अनुमान गरिएको खेलकुद विकास समितिले जनाएको छ ।

The post चैत २१ देखि शिवसताक्षीमा मेयर कप appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register