लागुऔषधसहित पाँच जना पक्राउ

झापा, ४ बैशाख । मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउनसुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ४ गते विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा–७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भीमकुमार तामाङको साथबाट ब्राउनसुगर ६ ग्राम ५ मिलिग्राम [...] The post लागुऔषधसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

Apr 17, 2025 - 08:53
 0
लागुऔषधसहित पाँच जना पक्राउ

झापा, ४ बैशाख । मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउनसुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ४ गते विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा–७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भीमकुमार तामाङको साथबाट ब्राउनसुगर ६ ग्राम ५ मिलिग्राम र सुनसरी इटहरी–२ का ३० वर्षीय पासाङ शेर्पा र २५ वर्षीय रविन्द्र लिम्बूलाई प्रतिबन्धित औषधि २२ एम्पुलसहित पक्राउ गरेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर–४ स्थितबाट बराहक्षेत्र–६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजासहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषधसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register