महिला एशियन कप २०२६ को छनोट सार्वजनिक

काठमाण्डौ , १४ चैत । एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको सार्वजनिक ‘ड्र’ भएको छ ।महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । यो समूहको खेल आउँदो जुनमा उज्बेकिस्तानमा हुनेछ । फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा [...] The post महिला एशियन कप २०२६ को छनोट सार्वजनिक appeared first on Jhapa Online.

Mar 27, 2025 - 10:06
 0
महिला एशियन कप २०२६ को छनोट सार्वजनिक

काठमाण्डौ , १४ चैत । एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको सार्वजनिक ‘ड्र’ भएको छ ।
महिला एशियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । यो समूहको खेल आउँदो जुनमा उज्बेकिस्तानमा हुनेछ । फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन् ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् । प्रतियोगितामा १२ वटा टोली सहभागी हुनेछ ।

The post महिला एशियन कप २०२६ को छनोट सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register