नवराज सुवेदीको चेतावनी – आन्दोलनलाई कमजोरी ठाने परिणाम अनुकूल नहुन सक्छ

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलनका संयोजक नवराज सुवेदीले आफ्नो आन्दोलनलाई कमजोरी ठानेर बेवास्ता गरे परिणाम अनुकूल नहुन चेतावनी दिएका छन् । आन्दोलन कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई तोक्दै सुवेदीले यस्तो चेतावनी दिएका हुन् । सुवेदीले भने, “विज्ञानको नियमअनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै । यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा […]

Mar 27, 2025 - 09:53
 0
नवराज सुवेदीको चेतावनी – आन्दोलनलाई कमजोरी ठाने परिणाम अनुकूल नहुन सक्छ

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलनका संयोजक नवराज सुवेदीले आफ्नो आन्दोलनलाई कमजोरी ठानेर बेवास्ता गरे परिणाम अनुकूल नहुन चेतावनी दिएका छन् ।

आन्दोलन कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई तोक्दै सुवेदीले यस्तो चेतावनी दिएका हुन् ।

सुवेदीले भने, “विज्ञानको नियमअनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै । यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणाम अनुकूल नहुन सक्छ । त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन् ।”

देश इतिहासकै असाधारण अवस्थाबाट गुज्रिरहेको राज्यका कुनै अङ्ग स्वस्थ नभएको र उपचारका लागि ढिला भइसकेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register