संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधि सभाको बैठक शुक्रबार भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । बिहीबार ११ बजे डाकिएको बैठकमा दलहरुबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजे पनि बस्ने नसकेपछि अपराह्न ४ बजेका […]

Mar 27, 2025 - 10:26
 0
संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधि सभाको बैठक शुक्रबार भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

बिहीबार ११ बजे डाकिएको बैठकमा दलहरुबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजे पनि बस्ने नसकेपछि अपराह्न ४ बजेका लागि बैठक बस्ने तय भएको थियो ।

४ बजेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर शुक्रबार बिहानका लागि डाकिएको हो ।

विपक्षी दलले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register