कपिलवस्तुमा चट्याङ लागेर एक जनाको मृत्यु

बुटवल । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका-५ नौरंगिया बस्ने ४५ वर्षीया जन्ममति यादवको चट्याङले मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए । डालपुर (नयाँबस्ती) गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा यादवको मृत्यु भएको हो । शवलाई […]

Jun 18, 2025 - 15:22
 0
कपिलवस्तुमा चट्याङ लागेर एक जनाको मृत्यु

बुटवल । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

विजयनगर गाउँपालिका-५ नौरंगिया बस्ने ४५ वर्षीया जन्ममति यादवको चट्याङले मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।

डालपुर (नयाँबस्ती) गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा यादवको मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज राखिएको निरीक्षक चन्दले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register