दिल्ली लागे कमल थापा, महाकुम्भमा पनि स्नान गर्ने

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनका लागि उनी सोमबार त्यसतर्फ लागेका हुन् । दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनुका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुनसक्ने स्रोतले जनाएको […]

Feb 10, 2025 - 08:42
 0
दिल्ली लागे कमल थापा, महाकुम्भमा पनि स्नान गर्ने

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।

विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनका लागि उनी सोमबार त्यसतर्फ लागेका हुन् ।

दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनुका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुनसक्ने स्रोतले जनाएको छ ।

भ्रमण टोलीमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा छन् ।

थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register