राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका वृद्धको मृत्यु

सल्यान । राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका एक वृद्धको बिहीबार मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-७ का ७० वर्षीय टीकाराम वलीको जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउने क्रममा लडेर मृत्यु भएको हो । बिहीबार बिहान ११:५० बजे लाइनमा बसेका वली लडेपछि टाउकोमा गम्भीर चोट लागेको थियो । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा दिउँसो १२:५५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको ‍छ ।

Mar 27, 2025 - 12:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register