गणतन्त्र हट्नेवाला छैन : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र हट्ने आशा कसैले नगर्दा हुने बताएका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानमार्फत गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जनताले लडेर ल्याएको व्यवस्था कसैले रहर गर्दैमा नहट्ने बताए ।  ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं […]

Mar 27, 2025 - 12:13
 0
गणतन्त्र हट्नेवाला छैन : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र हट्ने आशा कसैले नगर्दा हुने बताएका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानमार्फत गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जनताले लडेर ल्याएको व्यवस्था कसैले रहर गर्दैमा नहट्ने बताए ।  ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं । जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने, ‘गणतन्त्र हट्नेवाला छैन ।’

देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको भन्दै यस्तो व्यवस्था हट्न जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register