पूर्वराजा संविधानको परिधिभित्रै बसुन् : महिन्द्रराय यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवलाई पूर्व राजा ज्ञानेन्द्रलाई संविधानको परिधिभित्रै बस्न चेतावनी दिएका छन् । समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्व राजा नागरिकको हैसियतमा रहेको भन्दै संविधानविरोधी गतिविधि नगर्न चेतावनी दिएका हुन् ।’पूर्व राजालाई नागरिकका रूपमा राखिएको छ । राज्य सुविधा दिएको छ । हामी चाहान्छौँ पूर्व राजा संविधानको दायारभित्रै […]

Mar 28, 2025 - 08:58
 0
पूर्वराजा संविधानको परिधिभित्रै बसुन् : महिन्द्रराय यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवलाई पूर्व राजा ज्ञानेन्द्रलाई संविधानको परिधिभित्रै बस्न चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्व राजा नागरिकको हैसियतमा रहेको भन्दै संविधानविरोधी गतिविधि नगर्न चेतावनी दिएका हुन् ।’पूर्व राजालाई नागरिकका रूपमा राखिएको छ । राज्य सुविधा दिएको छ । हामी चाहान्छौँ पूर्व राजा संविधानको दायारभित्रै बसुन् । संविधान विरोधी गतिविधिमा सक्रिय नहुन्,’ उनले भने ।

संविधानको रक्षा र कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने उनले बताए । संविधानको संशोधनमार्फत मुलुकलाई समृद्धिको बाटोमा लानुपर्ने उनले बताए । समाजवादी मोर्चा त्यसतर्फ अघि बढेको उनको जिकिर छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register