हिंसाको हद पार गरेको राजावादीको आन्दोलन

काठमाडौं । राजसंस्था पुर्नस्थापनाको माग राखेर राजवादीको आन्दोलनले हिंसाको हद पार गरेको छ । शुक्रबार उनीहरूले राजधानीमा गरेको आन्दोलनले हिंसाको हद पारे गरेको हो । राजावादीहरूको आन्दोलन अराजक बन्दा दुई जनाले ज्यान गुमाउनुपरेको छ । यस आन्दोलनमा ३५ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरूले दर्जन बढी सवारीसाधानमा क्षति पुर्‍याए भने उनीहरूले समाचारसंस्थामा समेत […]

Mar 28, 2025 - 16:27
 0
हिंसाको हद पार गरेको राजावादीको आन्दोलन

काठमाडौं । राजसंस्था पुर्नस्थापनाको माग राखेर राजवादीको आन्दोलनले हिंसाको हद पार गरेको छ । शुक्रबार उनीहरूले राजधानीमा गरेको आन्दोलनले हिंसाको हद पारे गरेको हो । राजावादीहरूको आन्दोलन अराजक बन्दा दुई जनाले ज्यान गुमाउनुपरेको छ । यस आन्दोलनमा ३५ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरूले दर्जन बढी सवारीसाधानमा क्षति पुर्‍याए भने उनीहरूले समाचारसंस्थामा समेत तोडफोड गरे ।

राजावादीहरूले तीनकुनेमा एक घरमा आगजनी गर्दा पत्रकार सुरेश रजकले ज्यान गुमाए । तीनकुनेको घरमा लागेको आगो निभाउन पुगेको दमकलाई समेत प्रदर्शनकारीले रोकेका थिए । उनीहरूले आगो निभाउन गएको दमकलमा समेत तोडफोड गरे ।

यस्तै, स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा सविन महर्जनको ज्यान गयो । मानव अधिकार आयोगले प्रदर्शनलाई हिंसात्मक भनेको छ । । ‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन,’ आयोगले भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।’

शुक्रबारको अराजक आन्दोलन प्रति राजसंस्था समर्थित दलहरूले नै आपत्ति व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनलाई हिंसात्मक बनाउनु आपत्तिजनक भएको बताएका छन् । हिंसात्मक आन्दोलनलाई राप्रपाले समर्थन नगर्ने उनको भनाइ छ । ‘हिंसात्मक आन्दोलनलाई राप्रपाले समर्थन गर्न सक्दैन । आजको घटना निकै निन्दनीय छ  राप्रपा त्यसको विपक्षमा छ,’ उनले नेपालभ्युजसँग भने ।

घटनाप्रति दु:ख व्यक्त गर्दै लिङ्देनले संवादको बाटोमा अग्रसर हुन आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिंसात्मक आन्दोलनको भर्त्सना गरेका छन् । आन्दोलन हिंसात्मक बन्नुमा सरकारको दमन दोषी रहेको भन्दै उनले आगजनी र  तोडफोडको निन्दा गरेका छन् । थापाले भनेका छन्,’सरकारी दमनको कारण उत्तेजित भीडले नेकपा एसको पार्टी कार्यालय प्रकाशन गृह नीजी घर सुपरमार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ ।’

शुक्रबारको आन्दोलनमा १५ जना सुरक्षाकर्मी र १५ जना आन्दोलनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । आन्दोलनमा गोली लागेर सात जना घाइते भएका छन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी गरेका छन् ।

सरकारले राजवादीहरूले तीनकुनेमा गरेको प्रदर्शनलाई हिंसा बनेको छ । आन्दोलनको स्वरूप राजनीतिक र वैचारिक नभएर हिंसात्मक देखिएकाले हिंसा उक्साउनेलाई फौजदारी अभियोगमा कारबाही हुने सरकारले बताएको छ ।

गृहमन्त्रालयका सहसचिव छवि रिजालले सभ्य समाजले कल्पना समेत गर्न नसक्नेगरी  तीनकुने लगायतका क्षेत्रमा हिंसात्मक आन्दोलन भएको बताएका छन् । हिंसा भड्काउन आन्दोलनका जनकमाण्डर घोषणा गरिएका दुर्गा प्रसाइँ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ ।

शुक्रबार प्रसाइँले प्रहरीलाई किच्न खोज्दै गाडी गुडाएका थिए । उनले सुरक्षाकर्मीलाई अश्लील गालीगलौज पनि गरेका थिए । दुर्गा प्रसाइँले सुरक्षाकर्मी समेत मार्ने नियतले गाडी हुँक्याएपछि परिस्थिति भड्किएको रिजालले बताए ।  ‘जब दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाए । त्यसपछि स्थिति भड्किएको हो । सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाउने प्रसाइँलाई कारबाही हुन्छ,’ उनले भनेका छन् ।

आन्दोलनको अराजकता अनुमान गरेभन्दा बढी देखिएको उनले बताएका छन् ।

शुक्रबारको आन्दोलनमा प्रदर्शनकारीहरूले प्रेसलाई समेत निसाना बनाए । उनीहरूले कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोड गरे भने ।

अन्नपुर्णपोस्टको कार्यालयमा समेत तोडफोड गरेका छन् । यस्तै हिमालय टेलिभिजनको गाडीमा समेत उनीहरूले क्षति पुर्‍याए । प्रहरीको बन्दुक खोसेको दृश्य कैद गर्ने अनलाइन खबरका पत्रकार दिनेश गौतममाथि पनि आन्दोलनकारीहरूले हातपात गरे । आन्दोलनकारीको कुटपिटबाट उनको खुट्टा भाँचिएको समाचार अनलाइनखबरले प्रकाशित गरेको छ ।

प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि तोडफोड गरेका छन् । राजवादीहरुको आन्दोलनलाई ठूला दलले अराजकताको संज्ञा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक तथा व्यक्तिका सम्पत्तिमा तोडफोड र  मिडियामाथि आक्रमण गरेर राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाएको टिप्पणी गरे । ‘तीनकुनेको सभामा राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाए । उनीहरूको चरित्र नै त्यही हो,’ प्रचण्डले भने ।

यस्तै, नेकपा एमालले आन्दोलनको बहानामा राजवादीहरूले आपराधिक क्रियकलाप गरेका तत्काल कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।’आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्या भुसालले राजावादी प्रदर्शनकारीहरूले गरेका हुलहुज्जत तथा तोडफोडको निन्दा गरेका छन् ।

नागरिकको जीवनको सुरक्षाका लागि शुक्रबार आपराधिक घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने उनले माग गरेका छन् । ‘हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापर्वाही घोर निन्दा गर्दछ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा सङ्लग्न सबै अपराधीहरुलाई यथाशिघ्र कडा कार्बाही गर्न जोडदार माग गर्दछ,’ उनले भनेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register