भारतले भन्यो – हामीविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौं
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले आफ्नो देशविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने बताएका छन् । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटपछि जयशंकरले यो भनाइ आएको हो । भारत-इरान मैत्री सन्धिको ७५औं वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची भारत भ्रमणमा छन् । अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई […]

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले आफ्नो देशविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने बताएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटपछि जयशंकरले यो भनाइ आएको हो । भारत-इरान मैत्री सन्धिको ७५औं वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची भारत भ्रमणमा छन् ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने, “यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो । हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौं भन्नेमा कुनै शंका छैन ।”
२२ अप्रिलमा पहलगाम आक्रमणपछि भारतले मे ७ मा ‘आतंकवादी लुक्ने ठाउँहरू’लाई लक्षित गर्दै सीमापार आक्रमण गरेको दाबी गरे ।
What's Your Reaction?






