संविधान पक्षधर दलहरूसँग छलफल गर्ने काङ्ग्रेसको निर्णय

  काठमाडौं । नेपाली कांग्रेसले संविधान पक्षधर दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । शनिवार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले संविधान पक्षधर दलका नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । कांङ्ग्रेसको पदाधिकारी बैठकले शुक्रवार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनको क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । […]

Mar 29, 2025 - 14:16
 0
संविधान पक्षधर दलहरूसँग छलफल गर्ने काङ्ग्रेसको निर्णय

 

काठमाडौं । नेपाली कांग्रेसले संविधान पक्षधर दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । शनिवार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले संविधान पक्षधर दलका नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांङ्ग्रेसको पदाधिकारी बैठकले शुक्रवार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनको क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

ज्ञानेन्द्रकै उक्साहटमा हिंसात्मक प्रदर्शन भएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता महतले जानकारी दिए ।

साथै, तीनकुने क्षेत्रमा शुक्रवार सभा गर्ने बहाना मात्रै भएको उनको भनाइ छ । शनिवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रवक्ता महतले नियोजित हिसाबले हिंसात्मक प्रदर्शन गरिएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register