दमकबाट तीन भुटानी शरणार्थी नियन्त्रणमा
दमक, १७ चैत । झापाको दमकबाट प्रहरीले तीन जना भुटानी शरणार्थीलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको छ । प्रहरीले दमक–३ बेलडागी शिविरबाट ३६ वर्षीय आशिस सुबेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएको हो । अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थी अवैध रुपमा नेपाल छिरी दमक नगरपालिका–३ बेलडाँगी शिविरमा आएर बसिरहेका छन् [...] The post दमकबाट तीन भुटानी शरणार्थी नियन्त्रणमा appeared first on Jhapa Online.
दमक, १७ चैत । झापाको दमकबाट प्रहरीले तीन जना भुटानी शरणार्थीलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको छ ।
प्रहरीले दमक–३ बेलडागी शिविरबाट ३६ वर्षीय आशिस सुबेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएको हो । अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थी अवैध रुपमा नेपाल छिरी दमक नगरपालिका–३ बेलडाँगी शिविरमा आएर बसिरहेका छन् भन्ने सुचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाीका लागि अध्यागमनको कार्यालय काँकरभिट्टामा पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ ।
The post दमकबाट तीन भुटानी शरणार्थी नियन्त्रणमा appeared first on Jhapa Online.
What's Your Reaction?






