लागुऔषधसहित ८ जना पक्राउ

झापा, २७ चैत । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला [...] The post लागुऔषधसहित ८ जना पक्राउ appeared first on Jhapa Online.

Apr 9, 2025 - 08:43
 0
लागुऔषधसहित ८ जना पक्राउ

झापा, २७ चैत । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २६ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा-४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट सुनसरी धरान-८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो ।

त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ बाट को. ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका-३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो । त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका-७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post लागुऔषधसहित ८ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register