काठमाडौँ महानगरको जरिवाना तिर्न राजावादीहरुको आर्थिक संकलन अभियान, अहिलेसम्म कति संकलन भयो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको जरिवाना तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान चलाएका छन् । चैत १५ गते (शुक्रबार) आन्दोलनका क्रममा भएको फोहोर, तोडफोड र सार्वजनिक सम्पत्तिमाथि पुर्याएको क्षतिबापतको जरिवाना तिर्न महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेपछि जरिवानाबापतको रकम तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान नै चलाएका हुन् ।  हाल उनीहरुले सामाजिक सञ्जालमार्फत जनआन्दोलन समितिका सदस्य अंगत […]

Mar 30, 2025 - 05:47
 0
काठमाडौँ महानगरको जरिवाना तिर्न राजावादीहरुको आर्थिक संकलन अभियान, अहिलेसम्म कति संकलन भयो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको जरिवाना तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान चलाएका छन् । चैत १५ गते (शुक्रबार) आन्दोलनका क्रममा भएको फोहोर, तोडफोड र सार्वजनिक सम्पत्तिमाथि पुर्याएको क्षतिबापतको जरिवाना तिर्न महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेपछि जरिवानाबापतको रकम तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान नै चलाएका हुन् । 

हाल उनीहरुले सामाजिक सञ्जालमार्फत जनआन्दोलन समितिका सदस्य अंगत देवकोटाको क्यूआर सेयर गर्दै सहयोगका लागि अपिल गरेका छन् । 

हालसम्म आर्थिक संकलन अभियानमार्फत ३ लाख ६० हजार रुपैयाँ उठिसकेको राजसंस्था पुनर्स्थापनाका पक्षधर रमेशराज बास्तोलाले जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत हालसम्म उक्त रकम संकलन भइसकेको जानकारी दिँदै थप सहयोग रकम आउने क्रम जारी रहेको पनि उल्लेख गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन र निर्देशनमा भएको प्रदर्शनका क्रममा महानगरको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै त्यसको भरपाईका लागि पूर्वराजा शाहकै नाममा जरिवानाको पत्र काटिएको महानगरले जनाएको छ । 

महानगरले फोहोर गरेको, रुख, बिरुवा, रेलिङमा क्षति पुर्याएको र तोडफोड गरेको, आगो निभाउन पुगेको महानगरको वारुण यन्त्र (दमकल)मा क्षति पुर्याएको लगायतका शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवानाको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पठाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register