स्वरोजगार लघुवित्तको एफपीओ निष्काशन, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गरेको छ । कम्पनीले एक करोड ९५ लाख ७७ हजार तिन सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार सात सय ७३ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन […]

Mar 2, 2025 - 08:25
 0
स्वरोजगार लघुवित्तको एफपीओ निष्काशन, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गरेको छ । कम्पनीले एक करोड ९५ लाख ७७ हजार तिन सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार सात सय ७३ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तले सेयर निष्काशन गर्न एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यता, लगानीकर्ताले सेयरका लागि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने यस अवधीभित्र माग बमोजिम आवेदन नपरेमा निष्काशन अवधी चैत ३ गतेसम्म थप गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register